नेमारको गोलमा पिएसजीले जित्यो फ्रेन्च कप

ब्राजिलियन स्टार स्ट्राइकर नेमारको निर्णायक गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च कपको उपाधि तिजेको छ। नेमारले निर्णायक गोल गरेपछि शुक्रबार राति भएको खेलमा इटियेनमाथि १–० को जित निकाल्दै पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो।

नेमारले खेलको १४ औं मिनेटमा गरेको गोल गरेका थिए । उनले किलियन एम्बाप्पले प्रहार गरेको बल किपर रोकेर आएको रिबाउन्डमा गोल गरेका थिए । त्यसपछि कुनै गोल नहुँदा पिएसजी १–०ले विजयी भयो।

३१ औं मिनेटमा लोईन पेरिन रातो कार्ड खादै मैदान बाहिरिएपछि इटियेन १० खेलाडीमा सिमित बनेको थियो । एम्बाप्पेमाथि गरिएको खराब ट्याकलका कारण उनलाई रातो कार्ड देखाईएको थियो। सोही ट्याकलका कारण एम्बाप्पे पनि मैदान छाड्न बाध्य भए ।

८१ हजार दर्शक क्षमताको स्टेड डी फ्रान्स रंगशालामा ५ हजार दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो । तर मात्र २८ सय ५ जना दर्शक रंगशाला आएका थिए । कोरोनाले फुटबल सिजन स्थगित भएपछि चार महिनापछि पहिलो पटक औपचारिक रुपमा फ्रान्सेली फुटबल सुरु भएको हो।

पिएसजी गत सिजनको पनि च्याम्पियन हो । उसले गत सिजन पेनाल्टी सुटआउटमा फ्रेन्च कपको उपाधि उचालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP