धनगढी र ललितपुर राष्ट्रिय लिगमा छनोट

Read Time:1 Minute

धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय लिगका लागि छनोट भएका छन्। काठमाडौंमा जारी उपमेयर कप राष्ट्रिय लिग छनोट प्रतियोगिताको फाइनलमा पुग्दै धगनढी र ललितपुरले राष्ट्रिय महिला लिगमा स्थान बनाएका हुन्।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा ललितपुरले झापाको कन्काइ नगरपालिकालाई १–०ले हरायो भने धनगढीले गौरीगंगा नगरपालिकालाई ४–० गोलले हराउँदै राष्ट्रिय लिगमा स्थान पक्का ग¥यो।

पहिलो सेमिफाइनलमा कन्काइविरद्ध ललितपुरलाई जित दिलाउने क्रममा खेलको तेस्रो मिनेटमा कप्तान निर्मला बिके निर्णायक गोल गरिन्।

यस्तै, धनगढीको जितमा कप्तान रिभिका पाण्डे, सरस्वती रोकाया, सिमा रावल र चन्द्रा भण्डारीले गोल गरिन् । खेलको म्यान अफ दी म्यान सरस्वती रोकाया घोषित भईन् ।

छनोट प्रतियोगिताको उपाधिका लागि आइतबार ललितपुर र धनगढीले भिड्ने छन्। विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

३१ टिम सहभागी छनोट प्रतियोगिताबाट विजेता र उपविजेता दुई टिम फाइलन पुग्ने प्रावधान थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एन्फाले तोक्यो लिगको टिकट मुल्य, साधारणतर्फ १ सय, भिआईपीको ५ सय
Next post नेपाली टेनिस खेलाडी अभिलाषाको जोडीले पाकिस्तानमा जित्यो स्वर्ण
Close