१६ मिनेटमा ३ गोल गर्दै धनगढी शीर्ष स्थानमा

धनगढी एफसी पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ। शनिबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा एफसी चितवनविरुद्ध दोस्रो हाफमा १६ मिनेटभित्र ३ गोल गर्दै धनगढी एनएसएलको शीर्ष स्थानमा उक्लिएको हो।

४ खेलमा २ जित र १ बराबरीसहित ७ अंक जोड्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो। चितवन भने २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।

धनगढीलाई सानदार जित दिलाउन निशान लिम्बू, ओलावाले हफिज र बुद्धबल तामाङले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा १६ मिनेट अन्तरमा ३ गोल गर्दै धनगढी विजयी भयो।

६४औं मिनेटमा निशालको गोलमा धनगढीले सुरुआती अग्रता लियो । त्यसको २ मिनेटपछि नै हफिजले उत्कृष्ट हेडिङ गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाए । ८० औं मिनेटमा हफिजको पासमा बुद्धबलले गोल गरेपछि धनगढीले सहज जित निकाल्यो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.