दर्शनको दर्शनीय गोलमा धनगढीमा प्लेअफमा

नेपाली राष्ट्रिय टिमका युवा स्ट्राइरक दर्शन गुरुङले दोस्रो हाफमा दर्शनीय गोल गरेपछि जित निकाल्दै धनगढी एफसी नेपाल सुपर लिगको प्लेअफमा पुगेको छ। दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा दर्शनको दर्शनीय गोल मद्दतमा धनगढीले पोखरा थन्डर्सलाई १–०ले हरायो।

यो सिजनसँगै लिगको १ खेल खेल्न बाँकी रहेको अवस्थामा धनगढी प्लेअफमा पुगेको हो। ५ खेलमा १० अंक जोडेको धनगढी अन्तिम खेलमा पराजित भएपनि कम्तिमा चौथो हुँदै प्लेअफमा पुग्ने छ। अन्तिम खेलमा धनगढीले २५ गते बुटलब लुम्बिनी एफसीसँग खेल्ने छ। यो खेल जितेमा धनगढीले लिग शीर्ष दुई स्थानमा सकाउने छ।

५ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको पोखराले अन्तिम खेलमा जित निकाले पनि प्लेअफ पुग्न अरुको खेलमा भरपर्नुपर्ने हुन्छ।

६८औं मिनेटमा दर्शन गुरुङले डिबक्स बाहिरबाट प्रहार गरेको हाफ भली गोलमा परिणत भएपछि धनगढीले सुरुआती अग्रता लियो । दर्शन सो प्रहारलाई पोखराका गोलकिपर दीप कार्कीले ठम्याउनै सकेनन् ।

खेलमा धनगढीमाथि सुरुवातदेखि नै दबाब बनाए पनि पोखराले गोल गर्न सकेन । खेलमा पोखराले १७ सट प्रहार गरेको थियो, त्यसमध्ये ९ सट फ्रेममा थियो । यता पोखराले ३ सट प्रहार गरेकोमा २ सट टार्गेटमा थियो।

खेलमा इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका अशोक खवास भए भने धनगढीका कप्तान किरण चेम्जोङ प्लेयर अफ दी म्याच भए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.