बुढासुब्बा गोल्डकप : आयोजक धरान सेमिफाइलनमा

धरान रंगशालामा आइतबारबाट सुरु भएको २१ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लब सेमिफाइलनमा प्रवेश गरेको छ ।

मंगलबार धरान रंगशालामा भएको खेलमा पाउना टिम कोलकत्ताको डल हाउसलाई २–० ले पराजित गर्दै धरानले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

खेलमा धरानले नवौं मिनेटमा मिलन राईको गोलबाट सुरुवाती अग्रता लिएको थियो । १३ औ मिनेटमा वर्तमान राईले गोल गरेपछि धरानलाई सुरुवाती १५ मिनेटभित्रै २–० को अग्रता लियो ।
दुवै टिमबाट त्यसपछि कुनै गोल हुन नसक्दा खेल धरानले २–० ले जित्यो ।

धरानले अब सेमिफाइलनमा संकटा क्लबसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *