रुबेन डियास सन् २०२७ सम्म सिटीमै रहने

पोर्चुगिज डिफेन्डर रुबेन डियास सन् २०२७ सम्म इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा रहेन भएका छन्। २४ वर्षीय डिफेन्डर डियासले सोमबार सिटीसँगको सम्झौता ६ वर्षका लागि नवीकरण गरेपछि उनी सन् २०२७ सम्म सिटीमा रहने पक्का भएको हो।

डियासले दोब्बर पारिश्रमिकमा सिटीसँग ‘लङ टर्म कन्ट्रयाक्ट’ गरेका हुन् । नयाँ सम्झौतासँगै सिटीमा उनले प्रतिसाता १ लाख ८० हजार पाण्ड तबल पाउने छन्।

सन् २०२० मा मात्र उनी पोर्चुगिज क्लब बेन्फिकाबाट सिटी आएका थिए । सिटीका लागि उनले पहिलो सिजन नै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी इपिएलको उत्कृष्ट खेलाडी समेत बनेका थिए ।

उनले सिटीका लागि उनले ५४ खेलमा १ गोल गरेका छन् भने पोर्चुगलका लागि ३२ खेलमा २ गोल गरेका छन्।

Facebook Comments Box