कोस्टालाई ६ महिना जेल सजाय

स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्ट्राइकर डिएगो कोस्टा कर छली मुद्दामा दोषी ठहरिएका छन् । कर छली मुद्दामा दोषी पाइएपछि कोस्टालाई स्पेनिस अदालतले ५ मिलियन युरो जरिवाना र ६ महिना जेल सजाय सुनाएको छ ।

कोस्टामाथि एट्लेटिकोबाट इंग्लिस क्लब चेल्सी जाने क्रममा कर छलेको आरोप लागेको थियो । सन् २०१४ मा चेल्सी जाँदा १ मिलियन बढी रकम छली गरेको आरोप उनीमाथि थियो, त्यसैमा उनी दोषए ठहरिएका हुन् ।

कोस्टाविरुद्ध अदालतले जेल सजाय र जरिवना दुवै सजाय सुनाएको छ । तर, उनी जेल भने बस्नु पर्ने छैन । स्पेनमा करछलीको आरोपमा २ वर्षभन्दा कम जेल सजाय हुँदा जेल बस्नुपर्ने बाध्यात्मक व्यवस्था छैन । जेलसजाय वापत पनि जरिवाना तिरे हुन्छ ।

सन् २०१४ चेल्सी गएका कोस्टा तीन सिजन त्यहाँ बिताएर सन् २०१७मा एट्लेटिको मड्रिड नै फर्किएका थिए । एट्लेटिकोमा कोस्टाले १९८ खेल खेल्दै ७८ गोल गरेका छन् । राष्ट्रिय टिमबाट उनले २४ खेलमा १० गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP