डिएगो सिमोनीले एट्लेटिको मड्रिड छाड्ने

Read Time:1 Minute

अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनीले स्पेनिस क्लब एट्लेटिको मड्रिड छाड्ने भएका छन्। सिमोनीले सिजिनको अन्त्यसँगै क्लब छाड्ने विषयमा क्लबलाई जानकारी गराएका छन्।

एट्लेटिको मड्रिडमा ११ सिरिज बिताएर सिमोनीले क्लब छाड्न लागेका हुन्। उनी क्लब इतिहासका सबैभन्दा सफल र लोमा समय काम गर्ने प्रशिक्षक हुन्। सिमोन आउनुअघि एट्लेटिकोले १६ वर्षमा ३७ प्रशिक्षक बर्खास्त गरेको थियो।

सन् २०११मा एट्लेटिका आएका सिमोनीको प्रशिक्षणमा क्लबले ६०३ खेल खेल्दा ३५३ खेल जितेको छ । उनको प्रक्षिणमा एट्लेटिकोले २ ला लिगा, २ युरोपा लिगसहित कुल ८ उपाधि जितेको छ।

५२ वर्षीय सिमोनीको प्रशिक्षणमा एट्लेटिकोले सन् २०१३–१४ र २०१५–१६मा दुई पटक च्याम्पियन्स लिगको उपविजेता बनेको थियो।

Happy
Happy
17 %
Sad
Sad
17 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
67 %
Previous post बी डिभिजन लिग चैत १५ बाट हुने
Next post सचिनको रेकर्डतर्फ अग्रसर कोहली
Close