सेभियासँग हार्‍यो एट्लेटिको मड्रिड, बार्सिलोना र रियललाई फाइदा

शीर्ष स्थानको एट्लेटिकोे मड्रिड स्पेनिस ला लिगामा पराजित भएको छ । आइतबार राति भएको खेलमा सेभियासँग १–०ले पराजित भएपछि एट्लेटिकोको उपाधि यात्रामा धक्का लागेको छ।

सेभियासँग एट्लेटिको पराजित हुँद प्रत्यक्ष फाइदा दोस्रो स्थानको रियल र तेस्रो स्थानको बार्सिलोनलाई भयो । हारपछि पछि शीर्ष स्थानमै रहेको एट्लेटिकोको ६६ अंक छ भने रियलको ६३ अंक छ भने बार्सिलोनाको ६२ अंक छ । यद्यपि बार्सिलोनाले १ खेल खेम खेलेको छ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सेभियाले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो। खेलको ७० औं मिनेटमा मार्कस एकनाले गोल गर्दै सेभियालाई जित दिलाए।

खेलको आठौं मिनेटमा नै सेभियाले पेनाल्टी पाएको थियो। एट्लेटिको मड्रिडका साउल निगुएजले इभान राकिटिकलाई डिबक्सभित्र लडाएपछि सेभियाले पेनाल्टी पाएको थियो। तर पेनाल्टीबाट लुकास ओकाम्पोसले गोल गर्न सकेनन्।

स्पेनिस ला लिगामै भएका अन्य खेलमा सेल्टा भिगोले अलाभेसलाई ३–१ ले, काडिजले भ्यालेन्सियालाई २–१ गोलअन्तरले हराउँदा रियल बेटिस र इल्चे भने १–१ गोलको बराबरीमा रोकिएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.