नेपाली मिडफिल्डर दीपाले केराला महिला लिग खेल्ने

Read Time:1 मिनेट

नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर दीपा न्यौपाने भारतको केराला महिला लिग खेल्ने भएकी छिन्। विभागीय टिम नेपाल पुलिस क्लबबाट व्यवसायिक फुटबल खेल्ने दीपा केरला लिगको डन बस्को एफएमा आबद्ध भएकी छिन्।

प्रतियोगिताका लागि दीप आजै दिउँसो भारत प्रस्थान गर्ने बताइएको छ। केराला महिला लिग आजैबाट सुरु हुने छ। प्रतियोगिताको उद्घाटन खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्ने छन्।

दीपा आबद्ध डन बस्कोले आफ्नो पहिलो खेलमा बिहीबार लर्ड्स पीआरविरुद्ध खेल्नेछ। लिगको विजेता महिला आई लिग खेल्ने छ।

‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसरसमेत हो,’ दीपाले भनिन्, ‘प्रतियोगिताको लागि सम्झौता भएको हो । महिला लिगमा छनोट भएमा, त्यसमा पनि अवसर मिल्ने कुरा भएको छ ।’

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाइटेड जस्ता चर्चित क्लबको सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नवनियुक्त प्रशिक्षक प्रभाकर यसै साता नेपाल आउने
Next post सान्चेज मार्सेली जाने
Close