क्यानडामाथि बेल्जियमको कठीन जित

Read Time:1 Minute

मिची बात्सुयीको गोलमा बेल्जियमले क्यानडालाई १–० ले हराएर बुधबार विश्वकप २०२२ मा विजयी सुरुआत गरेको छ।

अहमद बिन अली रंगशालामा भएको प्रतिस्पर्धामा बात्सुयीले खेलको एकमात्र गोल ४४ औं मिनेटमा गरेका थिए । त्यसमा उनले टोबी एल्डरवेइरेल्डको चलाखीपूर्ण पास उपयोग गरेका थिए । अघिल्लो विश्वकपमा तेस्रो स्थानमा रहेको बेल्जियमले ३६ वर्षपछि विश्वकपमा फर्किएको क्यानडाविरुद्ध जित हात पार्न कठिन संघर्ष गर्नुपर्‍यो।

खेलको सुरुआतमै पाएको पेनाल्टीमा चुकेपछि क्यानडा अंक जोड्न असफल भएको हो । अल्फोन्सो डेभिसले ११ औं मिनेटमा प्रहार गरेको पेनाल्टीमा गोलकिपर टिबाउट कोर्टयसले बल रोक्दै बेल्जियमको संटक टारेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लेवान्डोस्की पेनाल्टीमा चुक्दा रोकियो पोल्यान्ड
Next post जिरुडले बराबरी गरे हेनरीको कीर्तिमान
Close