रियलको सुखद् सुरुवात

कोरोना भाइरसको महामरीपछि सुरु भएको ला लिगामा रियल मड्रिडले सुखद् सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियलले एइबारमाथि ३–१ को जित निकाल्दै लिगमा सुखद् सुरुवात गरेको हो ।

घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालमा भएको खेलमा रियललाई जित दिलाउने क्रममा टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले गोल गरे भने एइबारका पोड्रो बिगासले गोल गरे । रियलले पहिलो हाफमै ३ गोल गरेको थियो भने एइबारले दोस्रो हाफमा ।

सान्टियागो बर्नाबेउ मैदानमा पुनर्निर्माण भइरहेकाले केही सयम रियलले अल्फ्रेडो डे स्टेफानोलाई घरेलु मैदानको रुपमा प्रयोग गर्ने छ ।

घरेलु मैदानमा रियलले तेस्रो मिनेटमै अग्रता लियो । तेस्रो मिनेटमा टोनी क्रुसले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । कान्टर अट्याकमा ३०औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । उनले इडेन हाजार्डको पासमा गोल गरेका हुन् । ३७औं मिनेटमा मार्सेलोले भली गोल गर्दै रियललाई पहिलो आफमै ३–०को अग्रता दिलाए ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको रियलले दोस्रो हाफमा भने लय गुमायो । उसले लागतार मिस पास खेल्यो । त्यसको फाइदा एइबारले उठाउँदै रियलको पोस्टमा निरन्तर आक्रमण ग¥यो । लागतार तीन उत्कृष्ट मुभपछि एइबारले गोल ग¥यो । ६०औं मिनेटमा बिगासले गोल गरेका थिए । यसअघिका तीन प्रहारमा उत्कृष्ट बचाउ गरेका थिवो कुर्टुवा बिगासको प्रहारमा भने झुक्किन पुग्दा बलले पोस्टको दिसा लिएको थियो । त्यसपछि खेलमा कुनै गोल नहुँदा रियल ३–१ले विजयी भयो ।

प्रशिक्षक जिनेदिन जिदानको यो प्रशिक्षण करिअको २००औं खेल थियो । २ सय खेलमा जिदानले रियलार्य १३२ खेल जिताएका छन् । जसमा उनले च्याम्पियन्स लिग, ला लिगासहित १० ट्रफी जितेका छन् ।

खेलमा ५७ प्रतिशत बल पोजेसन बनाउँदै एइबारको पोस्टमा ५ सट प्रहार गर्दा सबै सट फ्रेममा थियो । यता एइबारले ९ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो ।

जितपछि पनि रियल मड्रिड दोस्रो स्थानमै रह्यो । २८ खेलमा रियलको ५९ अंक छ भने शीर्ष स्थानको बार्सिलोनाको ६१ अंक छ । एइबार भने २६ अंकका साथ १६औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.