युइएफए नेसन्स लिग : इटालीले नेदरल्यान्ड्सलाई हरायो

युइएफए नेसन्स लिगमा इटालीले पहिलो जित हात पारेको छ । लिग एको समूह ए अन्तर्गत गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै इटालीले पहिलो जित हात पारेको हो ।

इटलीलाई ३ अंक दिलाउन निकोलो बरेलाले निर्णायक गोल गरे । बरेलाले पहिलो हाफको इन्जुरी टाइममा सिरो इम्मोबाइलको पासमा गोल गरेका हुन् । पहिलो खेलमा बोस्नियासँग बराबरी खेलेको इटलीले पहिलो जितपछि २ खेलबाट ४ अंक जोडेको छ र अंक तालिकामा शीर्ष स्थानमा छ । यस्तै पहिलो खेलमा पोल्याण्डलाई पराजित गरेको नेदरल्याण्ड्सको ३ अंक छ ।

पहिलो खेल हारेको पोल्याण्डले बोस्नियालाई पराजित गर्दै पहिलो जित हात पारेको छ । पोल्याण्डले बोस्नियालाई २(१ ले पराजित गरेको हो । पोल्याण्डको लागि कमिल गिलिक र कमिल ग्रोसिस्कीले गोल गरे । बोस्नियाका लागि हरिस हाराडिनोभिले पेनाल्टीमा गोल गर्दै पहिले अग्रता दिलाएका थिए तर पोल्याण्डले पुनरागमन गर्दै जित हात पारेको हो ।

यस्तै एर्लिन हालान्डको दुई गोल मद्दतमा नर्वेले लिग बी को समूह १ को खेलमा उत्तरी आयरल्यान्डलाई ५-१ ले पराजित गरेको छ । पहिलो खेलमा पराजित भएको नर्वेले पहिलो जित हात पारेको हो ।

यसै समूहको अर्को खेलमा रोमानियाले अष्ट्रियालाई ३–२ ले पराजित गरेको छ । लिग बीको समूह ई अन्तर्गत खेलमा सक्टल्याण्डले चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दा इजरायल र स्लोभाकियाले १-१ को बराबरी खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP