बेसिकटासविरुद्ध डर्टमन्डको जित

जर्मन क्लब बोरुसिया डर्टमन्डले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुआत गरेको छ। बुधबार राति भएको खेलमा डर्टमन्डले टर्किस क्लब बेसिकटासमाथि २–१को जित निकाल्यो।

डर्टमन्डको जितमा जुड बेलिंघम र अर्लिङ हालान्डले गोल गरे। बेसिकटासका लागि फ्रान्सिस्को मोन्टेरोले गोल गरेका थिए। डर्टमन्डले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बेसिकटासले दोस्रो हाफमा गरेको थियो।

२०औं मिनेटमा बेलिंघमको गोलमा टर्डमन्डले सुरुआती अग्रता लियो । इन्जुरी समयको तेस्रो मिनेटमा हालान्डले गोल गरेपछि डर्टमन्डले पहिलो हाफमा अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा दबाबमा खेलेको बसिकटासले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले गोलका थुप्रै राम्रा अवसर सिर्जना गरेको थियो। इन्जुरी समयको चौथो मिनेमा मिरालेम पियानिचको फ्रिकिकमा मोन्टेरोले गोल गर्दै बेसिकटासको अग्रता कम गरे । त्यसपछि गोल नहुँदा डर्टमन्ड विजयी भयो।

यस्तै अर्को खेलमा सेरिफले सख्तर डोनेस्कलाई २–०ले हरायो। सेरिफका लागि एडमा ट्राओरेले १६औं र मोमो यान्सनले ६२औं मिनेटमा गोल गरेका थिए।

Facebook Comments Box