रियल र लिभरपुलको प्रस्ताव अस्वीकार गर्न बेलिङघमलाई प्रशिक्षकको सुझाव

Read Time:2 Minute

बोरुसिया डर्टमन्डका प्रशिक्षक एडिन टेर्जिकले स्टार मिडफिल्डर जुड बेलिङघमलाई स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलको प्रस्ताव अस्वीकार गर्न आग्रह गरेका छन्।

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका १९ वर्षीय बेलिङघमलाई भित्र्याउन युरोपका ठूला क्लबहरु रियल, लिभरपुलसँगै म्यान्चेस्टर सिटीले पनि चासो देखाएको छ। यी क्लबहरु बेलिङघमका लागि १ सय मियिनल युरोभन्दा बढी हाल्न तयार छन्।

ठूला क्लबले चासो देखाएकाले बेलिङघमले समर ट्रान्सफरमा बोरुसिया डर्टमन्ड छाड्ने लगभग पक्का छ।

डर्टमन्डले आफ्न युवा स्टार बेलिङघमलाई क्लबमै राख्न वार्ता थालेको छ। यही सन्दर्भमा प्रशिक्षक टेर्जिकले उनलाई ठूला क्लबको प्रस्ताव अस्वीकार गर्दै डर्टमन्डमै रहन आग्रह गरेका हुन्।

डर्टमन्डले पछिल्ला समर ट्रान्सफरमा आफ्ना दुई स्टार खेलाडीहरु जाडोन सान्चो र एर्लिङ हालान्डलाई बचेको थियो । त्यसैले उसले क्लबको प्रदर्शन खस्कन नदिन यो समरमा बेलिङघमलाई क्लबमै राख्न चाहे्को छ।

प्रशिक्षक तेर्जिकले बेलिङघमलाई क्लबमा रहन र क्लबलाई थप बलियो बनाउन सहयोग गर्न आग्ह गरेका छन् । ‘मलाई विश्वास छ कि हामीले यी युवाहरूहरुसँग थप एक वर्ष काम गर्न आवश्यक छ,’ उनले भने ‘अन्तरिम प्रशिक्षकका रुपमा पहिलो सिजन तीन युवा स्टार सान्चो, जुड र हालान्डसँग काम गर्न पाएँ । तर, त्यो एक सिजन मात्र सम्भव भयो, उनीहरुलाई अझै केही सिजन क्लबका राख्न सकेको भए टिम थप बलियो हुन्थ्यो ।’

डर्टमन्डसँग बेलिङघमको सम्झौता २०२४–२५ सिजनको अन्त्यसम्म छ। उनीमाथि ठूला क्लबले चासो देखाएपछि बसिंगल इडुना पार्क उनको यो अन्तिम सिजन हुनसक्छ ।

यो सिजन बेलिङघमले डर्टमन्डका लागि २२ खेल खेल्दै ९ गोल र ३ असिस्ट गरेका छन्। उनले कतार विश्वकपमा इरानविरुद्ध विश्वकपको डेब्यू गोल गरेका थिए।

Happy
Happy
7 %
Sad
Sad
14 %
Excited
Excited
29 %
Sleepy
Sleepy
7 %
Angry
Angry
14 %
Surprise
Surprise
29 %
Previous post अपराजित प्रदेश १ र सुदुरपश्चिम उपाधिकाे भिडन्त
Next post चेल्सीले भित्र्यायो पिएसभीका अट्याकिङ मिडफिल्डर
Close