वुल्फ्सवर्ग माथि बायर्नको जित, डर्टमन्ड पराजित

जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति भएको खेलमा बायर्न म्युनिख विजयी हुँदा बोरुसिया डर्टमन्ड पराजित भएको छ। शनिबार राति भएको खेलमा बायर्नले वुल्फ्सवर्गमाथि ४–०को सहज जित निकाल्दा डर्डमन्ड हेर्था बर्लिनसँग ३–२ले पराजित भयाृ।

वुल्फ्सवर्गविरुद्ध बायर्नले सातौं मिनेटमै अग्रता लियो । बार्यनलाई थोमस मुलरले सुरुआती अग्रता दिलाए। ५७औं मिनेटमा डायोट उपामेकानोले गोल गर्दै अग्रता दोब्बर पारे। उनले मुलरको पासमा गोल गरेका थिए।

त्यसको दुई मिनेटपछि नै बायर्नले अर्को गोल ग¥यो। ५९औं मिनेटमा बायर्नका लागि लिरोए सानेले गोल गरे। खेलको ३ मिनेट समय बाँकी रहँदा रोबर्ट लेवान्डोस्कीले चौथो गोल गरे।

यसैगरी शनिबार राति नै भएको प्रतिस्र्पधात्मक खेलमा बोरुसिया डर्टमन्ड हेर्था बर्लिनसँग ३–२ले पराजित भयो। डर्टमन्डले ३१औं मिनेटमा जुलियन ब्रान्डटको गोलमा अग्रता लियो। ५१औं मिनटमा इसाक बेलफोडीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

५७औं मिनेटमा मार्को रिट्चरले गोल गर्दै हेर्था बर्लिनलाई अग्रता दिलाए। ६९औं मिनेटमा रिट्चरले नै गोल गरेपछि बर्लिनले ३–१को अग्रता लियो। ८३औं मिनेटमा स्टेफन टिग्सले गोल गरेपनि डर्टमन्डले पराजय रोक्न सकेन।

जितसँगै बायर्नले शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ। १७ खेलमा बायर्नले ४३ अंक जोडेको छ भने दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले १६ खेलमा ३६ अंक बनाएको छ।

Facebook Comments Box