बुन्डेसलिगा : डर्टमन्ड पराजित, रोकियो फ्रांकफर्ट

Read Time:1 Minute

जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार साँझ भएका दुई खेलमा बोरुसिया डर्टमन्ड पराजित हुँदा फ्रांकफर्ट बराबरीमा रोकिएको छ। डर्टमन्ड फ्रेइवर्गसँग २–१ ले पराजित हुँदा फ्रांकफर्ट अग्सवर्गसँग गोलरहित बराबरीमा रोकियो।

घरेलु मैदानमा डर्टमन्डविरुद्ध जित दिलाउन फ्रेइवर्गका लागि विन्केन्जो ग्रिफो र रोलान्ड सल्लाइले गोल गरे भने डर्टमन्टका लागि यानिक केइटेलले आत्मघाती गोल गरेका थिए।

खेलमा छैठौं मिनेटमै ग्रिफोको गोलमा फ्रेइवर्गले अग्रता लियो । ५३औं मिनेटमा सल्लाइले गोल गर्दै फ्रेइवर्गको अग्रता दोब्बर बनाए। ५९औं मिनेटमा केइटेलले आफ्नै पोष्टमा गोल गरेपछि खेल २–१मा आयो। त्यसपछि कुनै गोल नहुँदा फ्रेइवर्ग विजयी भयो।

यस्तै, फ्रांकफर्ट भने घरेलु मैदानमा अग्सवर्गसँग गोलरहित बराबरीमा रोकियो। अधिकांश सयम अग्सवर्गलाई दबाबमा राखेपनि उसले गोल भने गर्न सकेन। खेलमा फ्रांकफर्टले ६३ प्रतिशत बल पोजेसन बनाउँदै अग्सवर्गको पोस्टमा २१ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो । यता, अग्सवर्गले ४ सट प्रहार गरेकोमा कुनै सट फ्रेममा थिएन ।

यसैगरी आजै भएका अन्य खेलमा वुल्फ्सवर्गले हर्था बर्लिनलाई २–१ले हराउँदा भिएफएल वोचुमले माइन्जलाई २–०ले हरायो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जोटा र मानेको गोलमा लिभरपुल विजयी
Next post लेभरकुसेनले गर्‍यो मोन्चेनग्लाडबाखको पोस्टमा गोलको वर्षा
Close