बायर्न फर्किए कोस्टा

ब्राजिलियन स्ट्राइकर डग्लस कोस्टा जर्मन क्लब बायर्न म्युनिख फर्किएका छन् । सन् २०१७मा बायर्न छाडेका ३० वर्षीय स्ट्राइकर कोस्टा तीन वर्षपछि पुनः बायर्न फर्किएका हुन् ।

इटालियन सिरि एबाट १ वर्षे लोनमा कोस्टा बायर्न फर्किएका हुन् । कोस्टासँगको सम्झौता अवधि बाँकी नै रहे पनि युभेन्ट्सले उनलाई फ्रिमा बायर्न लोनमा पठाएको हो ।

पटक पटक चोटले सताउँदा कोस्टाले युभेन्ट्समा आफूलाई प्रमाणित गर्न असफल भएका कोस्टा नयाँ प्रशिक्षक आन्द्रे पिर्लोेको रोजाइमा नपरेपछि युभेनन्ट्स छाड्न बाध्य भएका हुन् ।

कोस्टाले युभेन्टसका लागि १०३ खेल खेल्दै १० गोल गरेका छन् । उनी सन्२०१७मा लोनमा युभेन्ट्स आएका थिए । अर्को सिजन युभेन्टसले उनलाई स्थायी अनुबन्धन गरेको थियो । कोस्टाले युभेन्ट्सबाट तीन सिरिए, कोपा इटालिया र सुपरकोपा इटालियाना गरी ५ उपाधि जितेका छन् । यसअघि दुई सिजन बायर्नमा बिताएका कोस्टाले ७७ खेलमा १४ गोल गरेका थिए ।

यसैगरी बायर्नले पिएसजीका स्ट्राइकर चुपो मोटिङलाई पनि अनुबन्धन गरेको छ । सिजनको अन्त्यसँगै पिएसजीसँग सम्झौता सकिएका मोटिङलाई बायर्नले फ्रिट्रान्सफरमा अनबुन्धन गरेको हो । उनलाई बायर्नले रोबर्ट लेवान्डोस्कीको ब्याकपका रुपमा अनुनबन्धन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP