लिग वानमा पिएसजीको लगातार आठौं जित

फ्रेन्च क्लब पिएसजीले लिग वानमा लगातार आठौं जित निकालेको छ । लिगमा लगातार आठौं जित निकाल्ने क्रममा पिएसजीले शनिबार राति भएको खेलमा मोन्टेफेलियरलाई २–०ले हरायो।

पिएसजीको जितमा इड्रिसा गुइए र जुलियन ड्रग्सलले गोल गरेका थिए । १४औं मिनेटमा गुइएले गोल गर्दै पिएजीलाई सुरुआती अग्रता दिलाए । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए।

त्यसपछि ८९औं मिनेटमा ड्रग्सलरले नेमारको पासमा गोल गर्दै पिएसजीलाई २–०को जित दिलाए । नेमार, एम्बाप्पेलाई मैदानमा उतारेको पिएसजीका लियोनल मेसी, सर्जियो रामोस र जियानलुइजी डोनारुपमा भने मैदान उत्रिएनन्।

यो जितपछि २४ अंकसहित पिएसजी शीर्ष स्थानमा यथावत छ । ६ खेल खेलेका मार्सेली १४ अंकसहित दोस्रो स्थानमा छ। मोन्टफेलियर ९ अंकसहित ११औं स्थानमा छ।

Facebook Comments Box