दुई स्टार डिबाला र मोराटाविनै चेल्सीविरुद्ध खेल्दै युभेन्टस

इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगमा यो साता डिफेन्डिङ च्याम्पियन चेल्सीका सामान गर्दै छ। बुधबार राति चेल्सीविरुद्ध घरेलु मैदानमा उत्रँदा युभेन्टसले आफ्ना दुई स्टार खेलाडी भने गुमाउने छ।

डिफेन्डिङ च्याम्पियन चेल्सीविरुद्ध मैदान उत्रँदा युभेन्टसको टिमको पाउलो डिबाला र अल्भारो मारोटा हुने छैनन्। दुवै खेलाडी सिरि एमा घाइते भएकाले चेल्सीविरुद्ध खेल्ने छैनन्।

दुवै खेलाडी सिरि ए अन्तर्गत साम्पडोरियाविरुद्धको खेलका क्रममा घाइते भएका थिए । डिबाला २६औं मिनेटमा घाइते भएका थिए भने डिबाल ८२औं मिनेटमा घाइते भएका थिए। डिबालको मांशपेसीमा समस्या देखिएको छ भने मोराटामा ह्यामिस्ट्रिङको समस्या देखिएको छ। दुवै खेलाडी इन्टरनेशलन ब्रेकसम्म मैदान बाहिर रहने बताइएको छ।

डिबाला र मोराटाको अनुपस्थितिमा चेल्सीविरुद्धको युभेन्टसको अक्रमण फेडेरिको चिएसा र मोइस किनले सम्हाल्ने छन्। घरेलु लिगमा खराब प्रदर्शन गरिरहेको युभेन्टसलाई डिबाला र मोराटाको अनुस्थिति घातक बन्नसक्छ।

Facebook Comments Box