एफए कप : ब्राइटनलाई हराउँदै म्यान्चेस्टर सिटी फाइनलमा

इंग्लिस क्लब म्यान्चेस्टर सिटी इंग्ल्यान्डको सबैभन्दा पुरानो नकआउट फुटबल प्रतियोगिता एफए कपको उपाधि नजिक पुगेको छ । बेम्बलीमा शनिबार राति भएको पहिलो सेमिफाइनलमा ब्राइटनलाई पराजित गर्दै सिटी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

अब सिटीले उपाधिका लागि आइतबार हुने दोस्रो उल्भ्स र वाटफोर्डबीचको विजतोसँग खेल्ने छ । पेप ग्लार्डिओलाको प्रशिक्षणमा सिटीले एफए कपको उपाधि जितेको छैन ।

बेलम्बलीमा सिटीलाई जित दिलाउन ब्राजिलियन स्ट्राइकर ग्याब्रियल जेसुसले निर्णायक गोल गरे । उनले चौथो मिनेटमा केभिन डे ब्रइनको पासमा गोल गरेका थिए । खेलमा त्यसपछि कुनै गोल नहुँदा सिटीले खेल १–० ले जित्यो ।

ब्राइटनलाई अधिकांश सयम दबाबमा राखेको सिटीले ७१ प्रतिशत बल पोजेसन बनाएको थियो । खेलमा उसले १३ सट प्रहार गरेको थियो, जसमा ४ सट फ्रेममा थियो । यता, ब्राइटनले ५ मध्ये २ सटमा मात्र फ्रेममा प्रहार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP