स्टर्लिङको गोलमा सिटीले आर्सनललाई हरायो

स्ट्राइकर रहिम स्टर्लिङको गोल मद्दतमा लिग लिडर म्यान्चेस्टर सिटी विजयी भएको छ । आइतबार राति भएको खेलमा स्टर्लिङको गोल मद्दतमा सिटीले आर्सनललाई उसकै मैदानमा १–० हराएको छ।

खेलको दोस्रो मिनेटमा नै सिटीका लागि रियाद महरेजको पासमा स्टर्लिङले गोल गर्दै अग्रता दिलाए। त्यसपछि खेलमा कुनै गोल नहुँदा सिटी विजयी भयो।

घरेलु टिम आर्सनल भने सुरुवात मै दबाबमा आउँदै महत्त्वपूर्ण तीन अंक सिटीलाई सुम्पिएको हो। उसले ५५ प्रतशित बल पोजेसन बनाउँदै आर्सनलको पोस्टमा १३ सट प्रहार गरेको थियो, जसमध्ये ३ सट फ्रेममा थियो। आर्सनलले ७ सटप्रहार गर्दा १ सटमात्र फ्रेममा थियो।

सिटीसँगको यो हारसँगै आर्सनलले नकारात्मक रेकर्ड बराबरी गरेकोछ। सिटीसँग लिगमा लगातार ८ खेलमा पराजित भएको आर्सनलले प्रिमियर लिगमा विपक्षीविरुद्ध लगातार धेरै खेलमा पराजित हुने कीर्तिमान बनाएको हो।

यता सिटीले भने आफ्नै रेकर्ड बराबरी गरेको छ। इंग्लिस क्लब फुटबलमा लगातार ११ अवे खेलमा जित निकाल्दै सिटीले आफ्नै रेकर्ड बराबरी गरेको हो। सिटीले सन् २०१७ मे देखि नोभेम्बरसम्म पनि ११ अवे खेल जितेको थियो।

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले जितसँगै २५ खेलबाट ५९ अंक बनाएको छ। पराजित आसर्नलको २५ खेलबाट ३४ अंक छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.