पेरुलाई हराउँदै उरुग्वे कतार विश्वकपमा

Read Time:1 Minute

उरुग्वे २०२२ को कतार विश्वकपमा छनोट हुने चौथो दक्षिण अमेरिकी मुलुक भएको छ। दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा पेरुलाई १–० गोल हराउँदै उरुग्वे विश्वकपका लागि छनोट भएको हो ।

उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए ।

दक्षिण अमेरिकाबाट यसअघि ब्राजिल, अर्जेन्टिना र इक्वेडर विश्वपकमा छनोट भएका छन्।

यस जितसँगै १७ खेलमा २५ अंक जोडेको उरुग्वे चौथो स्थानमा छ । पेरु २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै इक्वेडर पनि विश्वकपमा छनोट भएको छ । पाराग्वेसँग ३–१ ले पराजित भए भएपनि इक्वेटर विश्वकपमा छनोट भएको हो। १७ खेलबाट २५ अंक नै जोडेको इक्वेडर तेस्रो स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post चिलीमाथि ब्राजिलको सानदार जित, भिनिसियसले गरे डेब्यू गोल
Next post पपुवा न्युगिनीले नेपाललाई विशाल २९३ लक्ष्य
Close