पुनः चेल्सी फर्कन चाहन्छन् हाजार्ड

स्पेनिस क्लब रियल मड्रिडका बेल्जियन विंगर इडेन हाजार्डले फेरि लन्डन क्लब चेल्सी नै फर्कने चाहना राखेका छन् । सन् २०१९ मा रियल आएयता आफ्ना क्षमता अनुसारको प्रदर्शन गर्न असफल भएपछि आलोचित बनेका हाजार्डले पुनः चेल्सी नै फर्कन चाहना राखेका हुन्।

रियलमा आफ्नो छाप छोड्न असफल भएपछि हाजार्डले क्लब छाड्न चाहेको एक स्पेनिस टिभीले जनाएको छ। सो टिभीले रियलले एम्बाप्पे भित्र्याउने लगभग पक्का भएपछि पनि हाजार्डले चेल्सी फर्कन चाहेको उल्लेख गरेको छ। उनले युरोकप पछि नै आफ्नो भविष्यका बारेमा निर्णय लिने बताइएको छ।

७ जुन सन् २०१९मा रियल आएका हाजार्डले २ सिजनमा जम्मा ४३ खेलमात्र खेल्न सकेका छन् भने ५ गोल गरेका छन्। उलने रियलका लागि जति खेल खेले त्योभन्दा बढी खेल चोटका कारण गुमाएका छन् । २ वर्षअघिमा १२ पटक घाइते भएका हाजार्डले कुल ५७ खेल गुमाएका छन्।

१ सय मिलियन युरोमा रियल आएका हाजार्डको सम्झौता २०२४ सम्म छ ।

यसैबीच चेल्सीका प्रशिक्षक थोमक टुचेलले पनि हाजार्डलाई फकाउने विषयमा कुरा भइरहेको बताएका छन् । हाजार्ड चेल्सीका सफल खेलाडी मध्ये एक हुन् । उनले चेल्सीमा ७ सिजन बिताउँदै ३५७ खेल खेल्दै ११० गोल गरेका छन्। उनले चेल्सीमा २ प्रिमियर लिग र २ युरोपा लिगसहित ६ उपाधि जितेका छन्।

Facebook Comments Box