हजार्ड रियलमा

चेल्सीका बेल्जियन फरवार्ड इडेन हजार्ड अन्ततः स्पेनिस जाइन्ड रियल म्याड्रिडमा आबद्ध भएका छन् । एक सय मिलियन युरोमा रियलमा आबद्ध भएका हजार्डले रियलसँग ५ वर्षको सम्झौता गरेका छन् ।

रियलले हजार्डलाई आगमी १३ जुनमा सान्टियागो बर्नाबेउमा सार्वजनिक गर्ने छ । उनी सन् २०२४ सम्म रियलमा रहने छन् । गत रुस विश्वकप लगत्तै हजार्ड रियल आउने चार्चा गरेको थियो ।

चेल्सीमा ७ सिजन बिताएका हजार्डले रियलमा क्रिस्टियानो रोनाल्डोको ठाउ लिने अपेक्षा गरिएको छ । अघिल्लो सिजन रोनाल्डो रियल छाड्दै युभेन्ट्स गएपछि रियल खराब फर्मबाट गुज्रिरहेको छ ।

रियलमा प्रशिक्षणको दोस्रो इनिङको सुरुवात गरेका जिनेदिन जिदानले रियलमा आबद्ध गरेका हजार्ड तेस्रो खेलाडी हुन् । यसअघि उनले पोर्चुगिज क्लब एफसी पोर्तोका ब्राजिलियन डिफेन्डर इडर मिलिटाओ र जर्मन क्लब फ्र्यांकफर्ट सिर्बयन स्टार लुका जोभिचलाई क्लबमा भित्राइसकेका छन् ।

अघिल्लो साता चेल्सीलाई युरोपा लिग उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यो नै हजार्डको चेल्सीका लागि अन्तिम खेल थियो । चेल्सीमा ७ सिजन बिताउँदा हजार्डले ३५२ खेल खेल्दै ११० गोल गरेका छन् ।

सन् २०१२÷१३ मा फ्रेन्च क्लब लिल्लेबाट चेल्सी आएका हजार्डले चेल्सीमा २ प्रिमियर लिग, २ युरोपा लिग, १–१ एफए कप र कारबाओ कप उपाधि जितेका छन् ।

सन् २००८ बाट बेल्जियम टिमको नियमित सदस्य रहेका हजार्डले बेल्जियमका लागि १ सय खेल खेल्दै ३० गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *