हाजार्ड चम्किँदा बेलियमले रुसलाई हरायो

स्टार स्ट्राइकर इडेन हाजार्ड चम्किएपछि युरोकप २०२० को छनोटमा बेल्जियमले रुसमाथि सहज जित निलकालेको छ । शनिबार राति भएको खेलमा हाजार्डले २ गोल र एक असिस्ट गरेपछि बेल्जियमले रुसलाई ४–१ले हराएको हो ।

फिफा ¥याङकिङमा शीर्ष स्थानमा रहेको बेल्जियमले यरोकप छनोटमा शतप्रतिशत नतिजा निकालेको छ । समूह आईमा रहेको बेल्जियमले ९ जित निकालेको छ । बेल्जियम यसअघि यरोकपमा छनोट भइरहेको थियो । बेल्जियमसँग पराजित भएपनि रुस युरोकपमा छनोट भएको छ ।

बेल्जियमलाई सहज जित दिलाउन इडेन हाजार्डले २ गोल गर्दा भाइ थोर्गन हाजार्ड र रोमुलु लुकाकुले पनि १ गोल गरे । रुसका जर्गी डिज्कियाले गोल फर्काएका थ्एि ।

१९ औं मिनेटमा दाइ इडेन हाजार्डको पासमा थोर्गनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यसपछि ३३ र ४० औं मिनेटमा इडेन हाजार्डले गोल गरेपछि बेल्जियमले पहिलो हाफमा ३–०को अग्रता लिएको थियो ।

७२औं मिनेटमा केभिन डे ब्रुइनको पासमा लुकाकुले गोल गरेपछि बेल्जियमले ४–०को अग्रता लिएको थियो । ७९औं मिनेटमा रुसका डिज्कियाले सान्त्वना गोल गरे ।

खेलमा बल भने रुसको पकडमा थियो । उसले ५३ प्रशितशत बल पोजेसन बनाएको थियो । उसले बेल्जियमको पोस्टमा ११ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो । बेल्जियमले पनि ११ सट नै प्रहार गरेकोमा ८ सट फ्रेममा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP