हाजार्ड घाइते, लम्बियो ला लिगा डेब्यू

रियल म्याड्रिडका बेल्जियन स्टार इडेन हाजार्ड घाते भएका छन् । उनी शुक्रबार अभ्यासका क्रममा घाइते भएका थिए । उनको दायाँ तिघ्रा चोट लागेको छ, सोही कारण हाजार्ड ३/४ साता मैदान बाहिर रहने छन् ।

अघिल्लो सिजन खराब प्रदर्शनबाट गुज्रिएको रियलले क्लबलाई बलियो बनाउन हाजार्डलाई १ सय मिलियन युरोमा इंग्लिस क्लब चेल्सीबाट ल्याएको हो । तर, सिजनको सुरुवात अघि नै हाडार्ज घाइते भएपछि रियललाई भने समस्या परेको छ । हाजार्डले चोट बाकेपछि उनको ला लिगा डेब्यू पनि केही समयपछि सरेको छ ।

‘शुक्रबारको अभ्यासपछि रियल म्याड्रिडको मेडिकल टिमद्वारा गरिएको परीक्षणमा इडेन हाजार्डको दायाँ तिघ्रामा चोट लागेको निश्चित भएको छ,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उनी छिटै निको हुने अपेक्षा गरिएको छ ।’

शनिबार सेल्टाविरुद्धको अवे खेलपछि रियलले अर्को साता रियल भालाडोलिडसँग आफ्नो मैदानमा खेल्नेछ । अन्तर्राष्ट्रिय खेलको लागि विश्रामअघि भिल्लारियलको घरेलु मैदानमा खेल्नेछ । सेप्टेम्बर १४ मा लेभान्टेविरुद्ध सान्टियागो बर्नाबाउमा हुने खेलमार्फत हाजार्डले ला लिगा डेब्यू गर्ने सम्भावना छ ।

हाजार्डको अनुपस्थिति प्रशिक्षक जिनेदिन जिदानका ठाउको दुखाई बन्न सक्छ । प्रि–सिजनको निराशाजनक प्रदर्शनपछि उनले लिगमा सकारात्मक सुरुआत अपेक्षा गरेका थिए । जिदानले यसअघि नै फरल्यान्ड मेन्डी, मार्को एसेन्सियो र रोड्रिगोलाई चोटका कारण गुमाइसकेका छन् । मेन्डी काछ इन्ज्युरीको सामना गरिरहेका छन् । लिगामेन्टको गम्भीर चोटका कारण एसेन्सियो केही महिना मैदानबाहिर रहने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *