हाजार्डले एल क्लासिको नगुमाउने

रियल मड्रिडका बेल्जियन स्टार इडेन हाजार्डले सिजनको पहिलो एल क्लासिको नगुमाउने भएका छन् । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति सान्टियागो बर्नाबेउमा भएको पिएसजीविरुद्धको खेलका क्रममा हाजार्ड घाइते भएका थिए ।

सोही कारण उनले डिसेम्बर २८मा हुने सिजनको पहिलो एल क्लासिको गुमाउन सक्ने आशंका गरिएको थियो । तर, परिक्षणपछि हाजार्डको चोट सामान्य पाइएपछि उनले एल क्लासिको खेल्ने पक्का भएको हो ।

पिएसजीविरुद्धको खेलमा ६७ औं मिनेटमा घाइते हुँदै हाजार्डले मैदान छाडेका थिए । बेल्जियमकै थोमस मुनियरको ट्याकलमा हाजार्डको कुर्कुचामा चोट लागेको थियो । हाजार्डको चोट सामान्य रहेको र उनी १० दिनपछि मैदा फर्कन सक्ने रियलले जनाएको छ । रियल र पिएसजीबीचको उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

हाजार्डले सम्भवतः ३ खेल गुमाउने छन् । ला लिगाका अलाभेस र स्पानियोल तथा च्याम्पियन्स लिगको क्लब बुर्गविरुद्ध खेल उनले गुमाउने छन् । डिसेम्बर १६ मा हुने भ्यालेसिन्याविरुद्धको खेलका हाजार्ड मैदान फर्कन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP