मिलिटाओ र कासेमिरोको गोलमा रियल विजयी

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेमा जित निकाल्दै डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आफूलाई उपाधि होडमा कायमै राखेको छ। शनिबार राति घरेलु मैदानमा दुई ब्राजिलियन खेलाडी इडर मिलिटाओ र कासेमिरोले गोल गरेपछि रियलले ओसासुनालाई २–०ले हरायो।

सुरुआतदेखि नै आक्रामण खेल खेलेपनि रियलले पहिलो हाफमा गोल गर्न सकेन् । पहिलो हाफमा रियल ४ उत्कृष्ट प्रहार ओसासुनाका किपरले उत्कृष्ट बचाउ गरे। ओसासुनाले पनि केही राम्रा मुभ बनाएको थियो, उसका लागि पनि रियलका किपर बाधक बने।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा रियलका लागि ७६औं मिनेटमा एडर मिलिटाओ इस्कोको कर्नरमा हेडिङ गोल गरेका थिए । ८०औं मिनेठमा कासेमिरोले गोल गरेपछि रियलले २–०को जित निकाल्यो।

जितपछि रियलले ३४ खेलबाट ७४ अंकसहित दोस्रो स्थानमा यथावत छ । शीर्ष स्थानको एट्लेटिकोको ७६ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ७१ अंकसहित तेस्रो स्थानमा छ। बार्सिलोनाले आज राति भ्यालेन्सियासँग खेल्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.