जिदानको पहिलो रोजाइ मिलिटाओ

१० महिनापछि स्पेनिस जाइन्ट रियल म्याड्रिडमा पुनः प्रशिक्षका रुपमा फर्किएका जिनेदिन जिदानले रियल आएलगत्तै पोर्चुगिज क्लब एफसी पोर्तोका डिफेन्डर इडर मिलिटाओलाई अनुबन्धन गरेका छन् ।

रियललाई लातगार तीन च्याम्पियन्स लिग उपाधि दिलाएका जिदानले सिजन सुरु हुनुअघि रियललको प्रशिक्षकबाट राजिनामा दिएका थिए । त्यसपछि निरन्तर खराब प्रदर्शन गरेपछि रियलले पुनः जिदानलाई प्रशिक्षकमा रुपमा भित्राएको हो ।

जिदान गत सोमबार मात्र रियललाई पुरानै लगयमा फर्काउने बाचासहित रियललेका प्रशिक्षकमा नियुक्त भएका हुन् । क्लबलाई पुरानै लयमा फर्काउन डिफेन्स बलियो बनाउन उनले पहिलो अनुन्बधनका रुपमा मिलिटओलाई पार्तोबाट ५० मिलियन रियलमा ल्याएका छन् ।

यसै सिजनके सूरुवामा ब्राजिलियन क्लब साओपाउलोबाट पोर्तो आएका २१ वर्षीय मिलिटाओले पोर्ताबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी पोर्तो आएयता सबै खेलमा सुरुवाती ११ मा परेका छन् । उनले पार्तोमा ३४ खेल खेल्दै ३ गोल गरेका छन् ।

मिलिटाओके उत्कृष्ट प्रदर्शनका कारण पोर्तो इटालियन क्लब एएस रोमालाई हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । मिलिटिओले रियलसँग ६ वर्षको सम्झौता गरेका छन् ।

पोर्ताेले मिलिटाओको रिलिज कज सिजनको अन्त्यमा ५० प्रतिशत बढाउने बताएपछि रियलले उनलाई मार्चमै अनुबन्धन गरेको हो । अहिले उनको मूल्य ५० मिलियन युरो छ, सिजनको अन्त्यमा उनको मूल्य ७५ मिलियन पुग्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *