इडर्सनले जिते लगतार देस्रो जित गोल्डेन ग्लोब्स

म्यानचेस्टर सिटीका ब्राजिलियन गोलकिपर इडर्सन मोरेसले लगातार दोस्रो प्रिमियर लिगको गोल्डेन ग्लोभ्स अवार्ड जितेका छन्।

सिटीलाई प्रिमियर लिग उपाधि दिलाउने क्रममा १८ क्लिनसिट राखेका थिए । उनले चेल्सीको इडवार्ड मेन्डीलाई पछि पारेका थिए। योसँगै उनी लगातार दोस्रो सिजन गोल्डेन ग्लोब्स जित्ने तेस्रो गोलकिपर बनेका छन्।

मंगलबार चेल्सीविरुद्ध लेस्टरसिटीका केइली इनह्याचोले गोल गरेपछि इडर्सनले गाल्डेन ग्लोब जितेका हुन्।

यो सिजन उलने ३७ खेलमा ६३ सेभ गरेका थिए । उनले ११९८ टच गरेका थिए भने ९ सय पास खेलेका थिए।

उनी सन् २०१७मा ३५ मिलियन युरोमा बेन्फिकाबाट सिटी आएका थिए ।

Facebook Comments Box