सलाह चम्किँदा इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

Read Time:1 Minute

लिभरपुल स्टार मोहम्मद सलाहले उत्कृष्ट प्रदर्शन गरेपछि इजिप्ट क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोविरुद्ध पुनरागमन जित हात पार्दै इजिप्ट अन्तिम चारमा प्रवेश गरेको हो ।

एक गोलले पछि परेको स्थिति उल्टाएर इजिप्टले मोरक्कोलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो । ती दुवै गोलमा सलाहको भूमिका थियो । उनले एक गोल र एक असिस्ट गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको छैटौं मिनेटमा सोफियन बाउफलले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । तर मोरक्कोले त्यो अग्रता कायम राख्न सकेन । दोस्रो हाफमा इजिप्टले पुनरागमन गर्‍यो । ५३ औं मिनेटमा कप्तान मोहम्मद सालाहले इजिप्टका लागि बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल १(१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ इजिप्टले गोल थप्दै जित हात पार्‍यो ।

इजिप्टका लागि एक सयौँ मिनेटमा महमुद अहमेद इब्राहिम हसनले सालाहको पासमा गोल गर्दै इजिप्टलाई २-१ को जित दिलाए ।

अब इजिप्टले सेमिफाइनलमा आयोजक क्यामरुनसँग खेल्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पेनाल्टी चुकाउँदा इन्डोनेसियन लिगमा रोहितको टिम पराजित
Next post गिनीमाथि सेनेगलको सानदार जित, अफ्रिका कप अफ नेसन्सको अन्तिम चारमा
Close