४२ वर्षपछि फ्रान्कफर्टले जित्यो युरोपा लिग

Read Time:1 मिनेट

युरोपा लिगको उपाधि जर्मन क्लब फ्रान्कफर्टले जितेको छ। स्पेनको सेभियामा बुधबार राति भएको फाइलनमा स्टकटिस क्लब रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५–४ले हराउँदै फ्रान्कफर्टले उपाधि जितेको हो।

फ्रान्कफर्टले ४२ वर्षपछि युरोपा लिग जितेको छ। उसले सन् १९८०मा युरोपा लिग जितेको थियो । यता, कुनै पनि जर्मन क्लबलले २५ वर्षपछि युरोपा लिग उपाधि जितेको हो । सन् १९९७ साल्केले युरोपा लिग जितेको थियो।

निर्धारित समय र थप गरिएको समयका खेल १–१ गोलको बराबरीमा निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा फ्रान्कफर्टका राफायल सान्तोष, फिलिप कोस्टिक, दाइची कामडा, एडिन ह्रुस्टिक र क्रिस्टोफर लेन्जले गोल गरेका थिए ।

भने रेन्जर्सका केमार रोफ, स्कोट आर्फिल्ड, स्टेभेन डेभिस र जेम्स टाभेनरले गोल गर्दा स्टार खेलाडी स्टार खेलाडी आरोन राम्सी गोल गर्न चुके । उनको प्रहार फ्रान्कफर्टका गोलकिपरले रोकेका थिए।

खेलमा अग्रता रेन्जर्सले लियो । पहिलो रहित बराबरीमा सकिएको खेलमा ५७औं मिनेटमा जोइ अरिबोले रेन्जर्सलाई अग्रता दिलाएका थिए। तर, ६९ औं मिनेटमा राफेल सान्तोसको गोलमा फ्राकफर्टले खेलालाई बरारबीमा ल्याएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल टि–२० लिग : खेलाडीको तबल ५ देखि १५ लाखसम्म
Next post अमेरिका भ्रमणका लागि नेपाली टिमको घोषणा, विक्रम र किशोर टिममा, ज्ञानेन्द्र फेरि परेनन्
Close