जर्मन क्लब फ्र्यांकफर्टले सुरु गर्‍यो प्रशिक्षण

जर्मन बुन्डेसलिगा क्लब फ्र्यांकफर्टले कोरोना भाइरसको त्रासबीच नै प्रशिक्षण सुरु गरेको छ । कोरोनाभइरसका कारण फुटबललगयात विश्वका सम्पूर्ण गतिविध ठप्प रहेकै अवस्थामा फ्र्यांकफर्टले प्रशिक्षण सुरु गरेको हो ।

त्रासबीच नै सुरक्षित तवरले प्रशिक्षण सुरु गरिएको क्लबले जनाएको छ । खेलाडीहरुको फिटनेसलाई ध्यानमा राखेर प्रशिक्षण सुरु गरिएको क्लबले उल्लेख गरेको छ । ट्रेनिङको बेला सिमित मान्छे मात्र राखिन्छ भने खेलाडीबीच दुरी पनि कायम राखिएको छ ।

अघिल्लो साता बोरुसिया टर्डमन्डले पनि केही खेलाडीको साथमा प्रशिक्षण सुरु गरेको थियो । कोरोना भाइरसका कारण बुन्डेसलिगा अनिश्चितकालका लागि स्थागित छ । लिग कहिले सुरु हुन्छ भन्ने अझै टुंगो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *