फुटबलकाे महाभीडन्त एलक्लासिको आज

Read Time:2 Minute

प्रतिष्ठित क्लब फुटबल भीडन्त एलक्लासिको आज राति हुँदैछ । आज राति १ः४५मा क्याम्प नाउमा हुने रियल मड्रिड र बार्सिलोना बीचको भीडन्त यो सिजनको ला लिगको दोस्रो एलक्लासिको हो।

यो सिजनमा ५ एलक्लासिको हुनेछ । त्यसपछि यो चौथो एलक्लासिको हो। सिजनका ३ एलक्लासिकोमध्ये बार्सिलोनाले २ र रियलले १ खेल जितेको छ। रियलले ला लिगाको पहिलो एलक्लासिको जित्दा बार्सिलोनाले स्पेनिस सुपरकपको फाइनल र कोपा डेल रेको सेमिफाइनलको पहिलो लेग जितेको छ।

ला लिगा अन्तर्गतको यो एलक्लासिको दुवै टिमका लागि महत्वपूर्ण हुनेछ। घरेलु मैदानमा रियललाई हराउन सके बार्सिलोनाले शीर्ष स्थानमा स्पष्ट १२ अंकको अग्रता बनाउने छ, र उपाधि यात्रामा थप बलियो बन्ने छ।

यता, उपाधि रक्षा गर्ने हो भने रियलले क्याम्प नाउमा बार्सिलोनालाई हराउनै पर्ने हुन्छ । रियलले खेल जितेको अवस्थामा बार्सिलोनाकोसँगको दुरी ६ अंकमा घट्ने छ, र बार्सिलोनामाथि दबाब थपिने छ।

२५ खेलमा बार्सिालेनाको ६५ अंक छ भने समान खेलबाट रियललको ५६ अंक छ।

रियलले जित निकाल्ने हो भने करिम बेन्जिमा र भिनिसिय जुनियरको जोडी चल्नुपर्ने छ। बार्सिलोनाको अट्याकसामू रियलको डिफेन्स पनि चनाखो हुनुपर्ने छ। रियलको डिफेन्डसमा डेविड अलबाको अभाव खड्नेछ।

यता, बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की, राफिन्हा, गाभी, सर्जियो बुस्केट्सलगायत महत्वपूर्ण हुने छन्। उसलाई मिडफिल्डमा पेड्री र फ्रन्टलाइनमा उसमान डेम्बेलेको अवभाव भने हुनेछ।

Happy
Happy
22 %
Sad
Sad
0 %
Excited
Excited
56 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
22 %
Previous post उसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोध
Next post अस्ट्रेलियासँग भारतको लज्जास्पद हार
Close