झापामा रात्रिकालीन फुटबल

झापाको सदरमुकाम भद्रपुरमा रात्रिकालीन फुटबल प्रतियोगिता हुने भएको छ । दुई दशकदेखि फुटबलको विकास र खेलाडी उत्पादनमा क्रियाशील एलेभेन साइनिङ स्टार क्लबले भद्रपुर माविको मैदानमा रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नयाँवर्ष २०७६ को अवसरमा रात्रिकालीन प्रतियोगिता पूर्वमै पहिलोपटक आयोजना हुन लागेको क्लबका अध्यक्ष दिलीप भुइमालीले जानकारी गराएका छन् ।

‘रात्रिकालीन भद्रपुर कप’ नाम दिइएको प्रदेशस्तरीय प्रतियोगिता ३ वैशाखबाट सुरु हुनेछ । प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउनेछन् । यसअघि क्लबले जिल्लास्तरीय प्रतियोगिता गर्दै आएको थियो । क्लबले अहिलेसम्म १४ प्रतियोगिता गरिसकेको छ ।

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नगरप्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुरको पहिचानलाई थप उचाइमा पु¥याउन रात्रिकालीन फुटबल गर्न लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *