स्लोभाकियामाथि स्वीडेनको कठीन जित

स्वीडेन जारी युरोकपमा पहिलो जित निकालेको छ। शुक्रबार साँझ भएको खेलमा इमिल फोर्सबर्गले निर्णायक गोल गरेपछि स्वीडेनले स्लोकाभियालाई १–०ले हराउँदै पहिलो जित निकलोको हो।

यो जितसँगै ग्रुप इमा ४ अंक जोडेको स्वीडेन शीर्ष स्थानमा छ। योसँगै उसको नकआट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । अघिल्लो खेलमा उसले स्पेनसँग गोलसहित बराबरी खेलेको थियो। पहिलो खेलमा पोल्यान्डलाई हराएको स्लोभाकियाको पनि नकआट चरण पुग्ने सम्भावना बाँकी नै छ।

रुसको सेन्ट पिटर्सवर्गसमा शुक्रबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ७७औं मिनेटमा फोर्सबर्गले गोल गदै स्वीडेनलाई अग्रता दिलाए । स्लोभाकियाका गोलकिपर मार्टिन डुभ्राभ्काले रोविन कवाइसनलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा फोर्सबर्गले गोल गरेका थिए।

त्यसपछि खेलमा कुनै गोल भएन । स्वीडेन विजयी भयो ।

खेलमा दबाब भने स्लोभाकियाले बनाएको थियो । उसले ५८ प्रतिशत बल पोजेसन बनाउँदै स्वीडेनको पोस्टमा १० सट प्रहार गरेको स्लोभाकियाले एउटै सट फ्रेममा राख्न सकेन । यता स्वीडेनले १२ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो ।

Facebook Comments Box