बेल्जियमको फराकिलो जित, रोकियो इंग्ल्यान्ड

युइएफए नेशन्स लिगमा बेल्जियमले अन्तर्गत लिग एको समूह २ को खेलमा बेल्जियमले शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा १–०ले पछि परेको अवस्था उल्टाउँदै बेल्जियमले आइसल्यान्डलाई ५–१ ले हरायो ।

११औं मिनेटमा होमबर्ट फिडजोनसनले गोल गर्दै आइसल्यान्डलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय टिकेन । १३औं मिनेटमै एक्सल विट्सलले बेल्जियमको लागि बराबरी गोल फर्काए । १७औं मिनेटमा मिचु बात्सुईले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा बेल्जियमले थप ३ गोल गर्‍यो । ५०औं मिनेटमा ड्राई मर्टेन्सले गोल गेपछि बेल्जियमले ३–१ को अग्रता लियो । बात्सुईले ६९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ७९औं मिनेटमा जेरेमी डोकुले गोल गरेपछि बेल्जियमले ५–१ को जित हात पारेको हो ।

यसैगरी इंग्ल्यान्ड भने डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको छ । लिग एको समूह२मा लगातार दुई जितपछि ६ अंकसहित बेल्जियम समूहको शीर्ष स्थानमा छ । ४ अंक जोडेको इंग्लयाण्ड दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP