साकाको गोलमा इंग्ल्यान्ड विजयी, डेनमार्कसँग रोकियो जर्मनी

युरोपक २०२० अघि भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यानड विजयी हुँदा जर्मनी रोकिएको छ। बुधबार राति भएको मैत्रीपूर्ण खेलमा युवा स्ट्राइकर बुकायो साकाको निर्णायक गोल मद्दतमा इंग्ल्यान्डले अस्ट्रियालाई १–०ले हराउँदा जर्मनी डेनमार्कसँग १–१ गोलको बराबरीमा रोकियो।

इंग्ल्यान्डको जितमा बुकायो साकाले निर्णायक गोल गरे। उनले खेलको ५६ औं मिनेटमा गोल गरे। आर्सनलका युवा खेलाडी साकाको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।

बुधबार राति भएको खेलमा सुआती अग्रता जोगाउन नसक्दा जर्मनी डेनमार्कसँग १–१ को बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४८औं मिनेटमा फ्लोरिन नेउहसले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। तर,७१ औं मिनेटमा युसुफ पाउलसेनले गोल गर्दै डेनमार्कलाई हारबाट जोगाए।

अर्को मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले स्कटल्याण्डसँग २–२ गोलको बराबरी खेलेको छ । यस्तै, जर्जियाले रोमानियालाई २१ ले हराएको छ ।

Facebook Comments Box