
इंग्ल्यान्डले पहिलो पटक उचाल्यो महिला युरोकप उपाधि
Read Time:1 मिनेट
इंग्ल्यान्डले पहिलो पटक महिला युरोकप उपाधि जितेको छ। वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इङ्ल्यान्ड पहिलो उपाधि जितेको हो।
इंग्ल्यान्डलाई जिताउन इला टोनी र च्लोए केलीले गोल गरे भने जर्मनीका लिना मागुलले एक गोल गरिन्।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।। खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै घरेलु इंग्ल्यानडलाई सुरूआती अग्रता दिलाइन्।तर, ७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई खेलमा फर्काइन्।
त्यसपछि निर्धारित ९० मिनेटसम्म गोल नभएपछि खेल १–१ गोलको बराबरीमा सकियो। त्यसपछि खेल अतिरिक्त समयमा गयो।
अतिरिक्त समयको २०औं मिनेटमा केलीले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो पटक महिला युरोकपको च्याम्पियन बनाइन्। यसअघि इंग्ल्यान्ड सन् १९८४ र २००९ मा फाइनल पुगेपछि उपाधिबाट बञ्चित थियो।