रंगभेदी दुर्व्यवहार गर्नेलाई केनको कडा जवाफ, भने– तिमीहरू हाम्रा समर्थक नै होइनौ

युरोकपको फाइलनमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ले पराजित भएपछि पेनाल्टी मिस गर्ने मार्कस रोस्फोर्ड, जाडोन सान्चो र बुकायो साकामाथि सामाजिक सञ्जालमा रंगभेदी दुर्व्यहार भयो । सो दुर्व्यहारको इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोन्जन, इंग्ल्यान्ड फुटबल एसोसिएनले भत्र्सना गरेका छन्।

यसै सन्दर्भमा इंग्लिस टिमका कप्तान ह्यारी केनले पनि त्यसको कडा शब्दमा विरोध गरेका छन् । उनले खेलाडीलाई रंगभेदी दुर्व्यवहार गर्नेहरु इंग्ल्इन्डका सर्थमक नै नभएको बताएका छन्। केनले खेलाडीलाई दुर्व्यवहार गर्नेहरु असली फ्यान नभएको र तिनीहरु आफूहरुलाई नचाहिएको पनि बताएका छन्।

‘तपाईंहरु इंग्ल्यान्डको असली फ्यान होइन र हामीलाई तपाईंहरु चाहिएको पनि छैन,’ ह्यारी केनले भनेका छन्, ‘तीनैजनाले सिजनभर उत्कृष्ट प्रदर्शन गरेका थिए र उनीहरुले त्यतिबेला पेनाल्टी हान्ने साहस गरे जब धेरै ठूलो कुरा दाउमा थियो। उनीहरुले हाम्रो साथ र समर्थन पाउनुपर्छ ।’

‘फाइनलकोे रातिदेखि नै उनीहरुप्रति तुच्छ रंगभेदी गाली आइरहेको छ । यदि तपाईं सामाजिक सञ्जालमा कसैलाई गाली गर्नुहुन्छ भने तपाईं इंग्ल्यान्डको असलीे फ्यान होइन र हामीलाई तपाईंहरु चाहिएको पनि छैन।’

प्रशिक्षक गारेथ साउथगेटले आफ्ना तीन खेलाडीमाथि गरिएको रंगभेदी व्यवहारलाई अक्षम्य अपराधको रूपमा टिप्पणी गरेका छन् । ‘जित–हारमात्र हाम्रा लागि सबैथोक होइन,’ प्रशिक्षक साउथगेटले भने, ‘राष्ट्रिय टिमले देशलाई एकताको सूत्रमा बाँधेको हुन्छ । हामी सबैले एकअर्काको भावना बुझ्नुपर्छ र एकजुट हुनुपर्छ । हाम्रो देशमा एउटा यस्तो शक्ति छ, जो एकसाथ आएको खण्डमा सकारात्मक ऊर्जा प्रवाह हुनसक्छ भनेर हामीले प्रमाणित गरिसकेका छौं ।’

Facebook Comments Box