युरोकपका लागि इंग्लिस टिमको घोषणा

आसन्न युरोकप फुटबलका लागि इंग्लिस फुटबल टिमका प्रारम्भिक घोषणा गरिएको छ। प्रशिक्षक गेराथ साउथगेटले युरोकपका लागि मंगलबार ३३ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन्।

जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ शहरमा हुने प्रतियोगिताका लागि प्रशिक्षक साउथगेटले जुन १मा २६ सदस्यीय टिम घोषणा गर्ने छन्।

साउथगेटको प्रारम्भिक टिममा थुप्रै युवा खेलाडी र केही सिनियर खेलाडीले स्थान बनाएका छन् । फिल फोडेन, मासन ग्रीनउड, मासन माउन्ट, जाडोन सान्चो, ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड, बुकायो साका, आरोन रामस्डेल लगायतका युवा खेलाडीले टिममा स्थान बनाउँदा ह्यारी केन, केइरन ट्रिपियर, कायल वाकर, ह्यारी मगुयरलगयत सिनियर खेलाडी पनि छन्।

युरोकपमा इंग्ल्यान्ड समूह डीमा छ । यो समूहमा क्रोएसिया, चेक रिपब्लिक र स्कटल्यान्ड पनि छन्।

इंग्ल्यान्डले पहिलो खेल १३ जुनमा क्रोएसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। दोस्रो खेल उसले स्कटल्यान्डसँग १९ जुन र अन्तिम खेल २३ जुनमा चेक रिपब्लिकसँग खेल्ने छ।

Facebook Comments Box