स्कटल्यान्डसँग रोकियो इंग्ल्यान्ड

यरोकपमा इंग्ल्यान्ड बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा खेलमा इंग्ल्यान्ड स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो।

इंग्ल्यान्डलाई बराबरीमा रोकेपछि स्कटल्यान्डको पनि अघिल्लो चरण पुग्ने सम्भावना कायमै छ । समूम डीमा ४ अंक जोडेको चेक रिपब्लिक शीर्ष स्थानमा छ भने ४ अंक नै जोडेको इंग्ल्यान्ड दोस्रो र समान १ अंक जोडेको क्रोएसिया र स्कटल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

यो खेल जितेको भए इंग्ल्यान्ड समूह ‘डी’ बाट नकआउट चरण पुग्ने निश्चित हुने थियो । तर स्कटल्यान्डले तेर्साएको कडा रक्षात्मक रणनीति अगाडि इंग्ल्यान्डले पर्याप्त आक्रमण पनि बुन्न सकेन् ।

अब इंग्ल्यान्डले चेक गणतन्त्रविरुद्ध समूह चरणको अन्तिम खेलमा हार टार्ने हो भने पनि अर्को चरणका लागि छनोट हुनेछ । सन् १९९८ को विश्वकपयता पहिलो ठूलो प्रतियोगिता खेलिरहेको स्कटल्यान्डले भने आफ्नो सम्भावनाका लागि अन्तिम खेलमा क्रोएसियालाई हराउनु पर्नेछ ।

Facebook Comments Box