अर्नोल्डले युरोकप गुमाउने

इंग्ल्यान्डका युवा डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर आर्नेल्डले आसन्न युरोकप फुटबल प्रतियोगिताका गुमाउने भएका छन्। युरोकपको तयारी स्वरुप बुधबार भएको अस्ट्रियाविरुद्धको मैत्रीपूर्ण खेल घाइते भएपछि आर्नोल्डले युरोकप गुमाउने भएका हुन्।

राइट ब्याक आर्नोल्डले खेलको ९० औं मिनेटमा तिघ्रामा चोट बोकेर मैदान छाडेका थिए । चोटको स्क्यान रिपोर्टका आधारमा उनले कम्तीमा ६ साता आराम गर्नुपर्ने भएपछि उनले युरोकप गुमाउने पक्का भएको हो।

प्रशिक्षक गारेथ साउथगेटले आर्नोल्डले युरोकप गुमाउने पुष्टि गरेको छन्। चोटका कारण युरोकप गुमाउने आर्नोल्ड दोस्रो इंग्लिस खेलाडी हुन् । यअसघि स्ट्राइकर मासन ग्रीनउडले पनि चोटकै कारण युरोकप गुमाइसकेका छन्।

युरोकप ११ जुनदेखि ११ जुलाईसम्म विभिन्न ११ शहरमा आयोजना हुँदै छ। युरोकपमा इंग्ल्यान्ड समूह डीमा छ । यो समूहमा क्रोएसिया, चेक रिपब्लिक र स्कटल्यानड छन् । इंग्ल्यान्डले १३ जुनमा क्रोएसिया, १९ जुनमा स्कटल्यानड र २३ जुनमा चेक रिपब्लिकसँग खेल्ने छ।

Facebook Comments Box