न्युकासलसँग रोकियो आर्सनल, युनाइटेडको सहज जित

Read Time:2 Minute

इंग्लिस प्रिमियर लिगमा लिग लिडर आर्सनल बराबरीमा रोकिएको छ। मंगलबार राति भएको खेलमा आर्सनल न्युकासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलमा दुवै टिमलेका गोलको अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेल दबाब भने आर्सनलले बनाएको थियो । उसले १७ प्रतिशत बल पोजेसन बनाउँदै १७ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो । यता, न्युकासलले ८ सट प्रहार गर्दा १ सट फ्रेममा थियो।

यस्तै, मंगलबार राति नै भएको खेलमा म्यान्चेस्टर युनाइटेडले सहज जित निकाल्यो । उसले बोर्नेमाउथलाई ३–०ले हरायो । उसका लागि कासिमिरो, लुक श र मार्कस रोस्फोर्डले गोल गरे।

कासिमिरोले २३औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। उनले क्रिस्टियन एरिक्सनको पासमा गोल गरेका थिए। त्यसपछि ४९औं मिनेटमा शले अलेक्जेन्डर गर्नाचोको पासमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

८६औं मिनेटमा मार्कस रास्फोर्डले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेपछि युनाइटेडले ३–०को सहज जित निकाल्यो।

यस्तै, अन्य खेलमा फुलहमले लेस्टरसिटीलाई १–०ले हराउँदा ब्राइन्टले एभर्टनमाथि ४–१को जित निकाल्यो।

आर्सनल ४४ अंकका साथ शीर्ष स्थानमा छ भने न्युकासलले ३५अंकसहित तेस्रो स्थानामा छ। ३५ अंक नै जोडेको युनाइटेड चौथो स्थानमा छ। फुलहम २८अंकसहित सातौं स्थानमा रहँदा २७ अंक जोडेको ब्राइटन आठौं स्थानमा छ।

Happy
Happy
40 %
Sad
Sad
20 %
Excited
Excited
40 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अल नासरमा रोनाल्डाेलाई भव्य स्वागत
Next post नेपाल टि–२० लिगको फिक्सिङका विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
Close