इपिएल क्लबलाई समूहमा प्रशिक्षण गर्न अनुमति

इंग्लिस प्रिमियर लिग (इपिएल) क्लबले अब समूह (कन्ट्याक्ट) प्रशिक्षण गर्न पाउने भएका छन् । प्रिमियर लिग क्लबले बुधबार भएको मतदानमा समूहमा प्रशिक्षण गर्ने पक्षमा सतप्रतिशत मतदान गरेपछि उनीहरुले यस्तो अनुमति पाएका हुन् ।

ुकन्ट्याक्ट प्रशिक्षण सुरु गर्नेबारे भएको मतदानमा क्लबले शतप्रतिशत मतदान गरेका हुन् । मतदानमा लिगका २० क्लबको सहभागिता रहेको थियो ।अनुमति पाएसँगै अब क्लबका खेलाडीले समूहमा प्रशिक्षण थाल्ने छन् ।

बेलायती सरकारले पनि आइतबार सामूहिक प्रशिक्षणका लागि अनुमति दिएपछि प्रिमियर लिगले मतदानमार्फत क्लबहरुको राय मागेको थियो । प्रिमियर लिग क्लबले गत साताबाटै सानो समूह बनाएर सामाजिक दूरी कायम राख्दै प्रशिक्षण भने सुरु गरिसकेका छन् ।

कोरोना भाइरसको महामारीपछि स्थगित लिगको सुचारुका लागि यस कदम निकै महत्वपूर्ण रहेको बताइएको छ । कोरोनाको कारण लिग गत मार्चबाट स्थगित गरिएको छ । र, लिग जुनमा सुचारु गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *