प्रिमियर लिगका थप ४ जनामा देखियो कोरोना

इंग्लिस प्रिमियर लिगका थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । लिग सुरु गर्ने तयारी स्वरुप गरिएको तेस्रो चरणको परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

लिग सुरु गर्ने तयारी स्वरुप प्रिमियर लिगले सम्पूर्ण खेलाडी तथा स्टाफहरुको कोरोना परीक्षण सुरु गरेको छ । तीन चरणमा २ हजार ७ सय ५२ जनाको परीक्षण गरिसकिएको छ, जसमा १२ जना कोरोना देखिएको छ ।

तेस्रो चरणमा १ हजार ८ खेलाडी तथा स्टाफको परीक्षण गरिएको थियो । जसमा ४ जनामा कोरोना देखिएको हो । प्रिमियर लिगमा खेलाडी तथा स्टाफको हप्तामा २ पटक परिक्षण गर्ने गरिएको छ । संक्रमित खेलाडी तथा स्टाफलाई ७ दिनका लागि एकान्तवासमा पठाउने गरिएको छ ।

प्रिमियर लिगले दोस्रो चरणको योजना अनुसार खेलाडीलाई कन्ट्याक्ट प्रशिक्षणको अनुमती प्रदान गरेको छ । लिगका क्लबले गत साताबाटै सानो समुह बनाएर सामाजिक दुरी कायम राख्दै प्रशिक्षण भने सुरु गरिसकेका छन् ।

कोरोना भाईरसको महामारीका कारण लिग फुटबल मार्चबाट स्थगित छ । लिग जुनबाट पुन सुरु गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *