प्रिमियर लिग जुन तेस्रो साताबाट

इंग्ल्यान्डको शीर्ष डिभिजन फुटबल प्रतियोगिता इंग्लिस प्रिमियर लिग (इपिएल) जुन तेस्रो साताबाट सुरु हुने भएको छ । कोरोना भाइरसका कारण दुई महिनादेखि स्थागित प्रिमियर लिग जुन १७ बाट सुरु गर्ने निश्चित भएको विभिन्न सञ्चार माध्यमहरू उल्लेख गरेका छन् ।

जुन १७ बाट इपिएल सुरु हुने निश्चित भएको उल्लेख गरेपछि प्रिमियर लिगले भने औपचारिक रुपमा मिति घोषणा गरेको छैन । इंग्ल्यान्डको चर्चित अनलाइन न्युज पोर्टल ‘द टेलिग्राफ’ले इपिएल १७ जुनबाट सुरु हुने उल्लेख गर्दै पहिलो दिन २ खेल हुने पनि जनाएको छ ।

टेलिग्राफका अनुसार पहिलो दिन डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी र आर्सनल तथा एस्टल भिल्ला र सेफिल्ड युनाइटेड भिड्ने छन् । कोरोनाको कारण गत मार्चबाट लिग स्थगित गरिएको छ ।

सम्पूर्ण खेलाडी तथा पदाधिकारीहरुको कोरोना परीक्षण पनि क्लबहरुले प्रशिक्षण थालिसकेका छन् । इपिएलमा अब ९२ खेल खेल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *