कीर्तिमानी मूल्यमा चेल्सी भित्र्यायो विश्वकप स्टार फर्नान्डेस

Read Time:1 Minute

कतार विश्वकपमा सर्वोत्कृष्ट युवा खेलाडी बनेका अर्जेन्टिनी युवा स्टार इन्जो फर्नान्डेस इंग्लिस क्लब चेल्सीमा आबद्ध भएका छन्। विन्टर ट्रान्सफर विन्डोको ‘डेटलाइन डे’को पनि अन्तिम समयमा चेल्सीले फर्नान्डेसलाई कीर्तिमानी १२१ मिलयन युरो खर्चँदै क्लबमा भित्र्यायो।

यो सँगै २२ वर्षीय मिडफिल्डर फर्नान्डेस इंग्लिस प्रियिमर लिगका सर्वाधिक महँगा खेलाडी बनेका छन्। यस क्रममा उनले म्यचन्ेस्टर सिटीका ज्याक ग्रेलिसलाई पछि पारे।

विश्वकप लगत्तै चेल्सीले फर्नान्डेसलाई भित्र्याउन निकै प्रयास गरेको थियो । तर, पोर्चुगिज क्लब बेन्फिकाले चेल्सीले राखेको १ सय मिलियनको प्रस्ताव अस्वीकार गरेको थियो। तर, ट्रान्सर विन्डो सकिनै लाग्दा चेल्सी उनका लागि रिलिज क्लजभन्दा १ मिलियन बढी हाल्न तयार भयो।

जनवरी ट्रान्सफर विन्डोमा मात्रै चेल्सीले ४ सय मिलियन खर्चिएको छ। फर्नान्डेस जनवसरीमा चेल्सी आउने आठौं खेलाडी हुन्।

फर्नान्डेज गत अगस्टमा मात्रै १० मिलियन पाउन्डमा अर्जेन्टिनी क्लब रिभर प्लेटबाट बेन्फिका आएका हुन्। विश्वकप २०२२ मा गरेको प्रर्दशनका आधारमा उनीमाथि युरोपेली ठूला लिग क्लबले नजर लगाएका हुन् । उनी कतार विश्वकपमा उत्कृष्ट युवा खेलाडी हुन्।

Happy
Happy
30 %
Sad
Sad
0 %
Excited
Excited
10 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
60 %
Previous post क्यानका कार्यबहाक महासचिव मल्लले दिए राजीनामा
Next post न्युकासल २४ वर्षपछि कारबाओ कपको फाइनलमा
Close