प्रिमियर लिगबाट यो सिजन रेलिगेसनमा परेको लेस्टर सिटीले पेप ग्वार्डिओलाका सहयोगक एन्जो मारेस्कालाई मुख्य प्रशिक्षक बनाएको छ। सिटीले टे«बल जित्दा मारेस्का ग्वार्डिओलाका सहायका रुपमा थिए।
इटालियन पूर्वखेलाडी ४३ वर्षीय मारेस्कालाई शुक्रबारबाट नै लागु हुने गरी लेस्टरले प्रशिक्षक बनाएको हो। अब उनलाई लेस्टरलाई पुनः शीर्ष डिभिजनमा फर्काउने चुनाैती छ।
लेस्टरले डिन स्मिथको स्थानमा उनलाई मुख्य प्रशिक्षक बनाएका हो। उनले लेस्टरसँग ३ वर्षको सम्झौता गरेका छन्। उनले अब सन् २०२६ सम्म लेस्टरको नेतृत्व सम्हाल्ने छन्।
मारेस्का किङ पावर स्टेडियममा सरेपछि पेप ग्वार्डिओलाको ब्याकरुम टोलीको भने एक ठूलो भाग उनीबाट छुटेको छ। यसअघि ग्वार्डिओलाकै सहायकका रुपमा काम गरेका मिलेक अर्टेटा पनि अर्सनलको प्रशिक्षक बनेका छन्। ग्वार्डिओलाले अर्टेटाको स्थानमै मारेस्कालाई सहयाक प्रशिक्षक बनाएका थिए।